नवलपुरमा फाल्गुन ५ गतेबाट राईनाेकप फुटबल प्रतियाेगिता हुने

409


कावासाेती । राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियाेगिता फाल्गुन ५ गतेबाट हुने छ ।
नन्दभाउजु उपभाेक्ता समितिकाे आयाेजना हुने प्रतियाेगिता नवलपुर जिल्लाकाे मध्यविन्दु २ राईनाे कप खेलमैदानमा हुने छ ।

आईतबार गरिएकाे पत्रकार सम्मेलनमा नन्दभाउजू उपभाेक्ता समितिकाे अध्यक्ष दाेमन भण्डारीका अनुसार प्रतियाेगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे विभागीय टाेली, आयाेजक नवलपुर जिल्ला सहित ए डिभिजनका फुटबल क्लबहरू गरि १२ टिमकाे सहभागिता रहने छ ।
प्रतियाेगितामा प्रथम हुनेले १० लाख, द्वितीय हुनेले पाँच लाख पुरस्कार पाउने छन् । प्रतियाेगितामा १ कराेड १० लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष सेतमान पुन लगायतकाे सहभागिता रहेकाे थियाे ।
विश्वकै दुर्लभ एक सिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियाेगिता गरिदै आएकाे छ ।

कार्यक्रममा प्रचारप्रचार समितिका संयाेजक विष्णु अधिकारीले समुदायकै कारण नेपालमा गैडा संरक्षण हुन सकेकाे बताए ।

You might also like
Loading...