मेला महोत्सवले कृषि क्षेत्रको विकास गर्न सकिन्छ: लामिछाने





नवलपुर महोत्सवको पाँचौ दिन तथा साँस्कृतिक कार्यक्रमको चौथो दिन उद्धाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका नवलपुुरका सभापती बिष्णु लामिछानेले जिल्लामा लाग्ने महोत्सवले जिल्लामा उत्पादित कृषिको बजारी करण गर्न सकिने बताएका छन्।
देशको विकास गर्ने हो भने सरकारले कृषकलाई कृषिमा अनुदान दिनु पर्ने उनले जोड दिए।
कृषिको विकास गर्न सके मात्र देशको विकास हुने भन्दै कृषि लगानीमा जोड दिनुपर्ने बताए ।
उनले ज्ल्लिामा लाग्ने मेलाहरुले व्यावसायीक प्रवद्धनको साथै जिल्लामा उत्पादित बस्तुको प्रवद्धन र बजारीकरण गर्न सकिनेमा जोड दिए।
नवलपुर महोत्सवमा पाँचौ दिन सोमबार करिव ५००० दर्शकले अवलोकन गरेको महोत्सव अतिथी सत्कार समिति संयोजक तथा संस्थाका बरीष्ठ उपाध्यक्ष पुष्प पाण्डेले जानकारी दिए।
सास्कृतिक कार्यक्रमको चौथो दिन लोक दोहोरी गायक रुपक डोटेल, अर्मत सापकोटा लोक दोहोरी गायीका टिका सानुको सास्कृतिक प्रस्तुती रहेको मेला सास्कृतिक संयोजक गोविन्द क्षेत्रीले जानकारी दिए। मंगलबार लोकदोहोरी गायक पशुपती शर्मा, सुनिता अघिकारी, मेलोडी रमेश श्रेष्ठ, डान्सर आकृति नेपाली सहितका स्थानिय कलाकार र नवलपुर डान्स आइडल, भलिवल प्रतियोगीता समेत रहने प्रचारप्रसार समिति संयोजक हरी सुवेदीले जानकारी दिए।




सम्बन्धित
Loading...