स्वास्थ्य उपचारमा ब्रम्हलुट, यी हुन् रकम लिने सांसद


  • पत्रपत्रिका / राजधानी दैनिकबाट-



सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्य उपचार र औषधिसमेत पाउन नसकिरहेको बेला सांसदहरूका लागि भने औषधि उपचारबापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानीसमेत राज्यले नै गर्दै आइरहेको छ । निजीमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै बेहोर्दै आइरहेको छ ।




अधिकांश सांसदले निजी अस्पतालबाट उपचार गरेबापत संघीय संसद् सचिवालयबाट रकम लिने गरेको पाइएको छ । एक वर्ष दुई महिनाको अवधिमा संघीय संसद् र राष्ट्रिय सभाअन्तर्गत रहेका १ सय २५ सांसदले स्वास्थ्य उपचार खर्चको नाममा २६ लाख २७ हजार तीन सय १० रुपैयाँ लिएको संघीय संसद् सचिवालयले जनाएको छ । १४ भदौ २०७५ देखि १ माघ २०७६ सम्म सो रकम सांसदहरूलाई भुक्तानी दिएको पाइएको छ ।

भर्खरै सभामुख नियुक्त भएका अग्निप्रसाद सापकोटा, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, हालका स्वास्थ्य राज्यमन्त्री नवराज राउत, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, पूर्वस्वास्थ्य मन्त्री एवं कांग्रेस नेता उमाकान्त चौधरी, पूर्वशिक्षामन्त्री दिनानाथ शर्मा, नेकपाका नेता देवप्रसाद गुरुङ, पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत रकम बुझेको देखिएको छ ।

सांसद पवित्रा निरौला खरेलले औषधोपचार गरेबापत पैसा लिएको स्विकारिन् । उनले भनिन्, ‘चिसोका कारण समस्या भएपछि किस्ट अस्पताल पुगें । १५ हजार रुपैयाँ बढी खर्च भयो तर त्यसको आधा मात्रै पाएँ,’ उनले भनिन् । केही सांसदहरूले ६ पटकसम्म पनि किस्ते रूपमा पैसा भुक्तानी लिएको पाइएको छ ।




सम्बन्धित
Loading...