जिमिरेभार महोत्सव सकियो


  • पप्पु रेग्मी –




बर्दघाट । धार्मिक क्षेत्र त्रिनेत्रश्वर धाम तथा जिमिरेभार बजारको व्यापारिक क्षेत्र प्रर्बद्धन गर्ने उद्देश्यले जिमिरेभार महोत्सव जाउं नेपाल भ्रमण बर्ष २०२० सफल पारौ भन्ने मुल नारा सहित विहीबारदेखि शुरु भएको जिमीरेभार महोत्सव २०७६ पश्चिम नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा शनिवार सकिएको छ ।
बर्दघाट नगरपालिका वडा नं ७, १ र ६ वडा कार्यलयको संयुक्त आयोजना एवं वडा भित्रका बिभिन्न संघ संस्थाहरुको सहआयोजनामा भएको महोत्सवको समापन कार्यक्रम बर्दघाट वडा नं ७ का वडा अध्यक्ष धु्रव थारुको अध्यक्षता एवं समाजसेवी विष्णु पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।
महोत्ससवको समापन कार्यक्रमका पाण्डेले यस्ता खालका मेला महोत्सवले समाजमा सकारात्मक सन्देश दिएको साथै सामाजिक विभेदको अन्त्य गर्न सहयोग पुगेको हुदा यस क्षेत्रका सवै जनसमुदायहरु मिलेर लाग्नु पर्नेमा जोड दिए ।
समापन सभामा समाजसेवी एवं कालाकार उत्तमध्वज के.सी. त्रिनेत्रेश्वर धामका केन्द्रिय समितिका सदस्य केवल प्रसाद पौडेलले मन्तव्य राखेका थिए
महोत्सवमा नगरस्तरीय पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने एम स्टार बर्दघाट १ माकरले प्रथम पुरस्कार २० हजार, दोस्रो हुने ब्रम्हबाबा युवा क्लव बर्दघाट १२ चौपत्ताले दोश्रो पुरस्कार१० हजार प्राप्त गरेको छ भने तृतीय हुने बर्दघाट २ चिसापानीले ५ हजार नगद र शिल्ड प्रमाणपत्र प्राप्त गरेका थिए ।
महोत्सवमा राष्ट्रिय भोजपुरी गायिका अनु चौधरीले गीतहरु प्रस्तुत गर्नु भएको थियो । स्थानीय कलाकारहरुको नृत्य प्रस्तुती रहेको थियो ।
वडा नं १ का वडा अध्यक्ष मोतिलाल सुनारको स्वागत मन्तव्य रहेको समापन कार्यक्रमको सञ्चालन त्रिनेत्रेश्वर धामका महासचिव बसन्त रेग्मीले गरेका थिए ।




सम्बन्धित
Loading...