एसीसी इस्टर्न रिजन टी–२० खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान





काठमाडौं- एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली बिहीबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नै नेपाली टोलीलाई बिदाई गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको थियो ।




नेपालले इस्टर्न रिजन च्याम्पियन बन्ने लक्ष्य राखेको छ । कप्तान मल्लले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्यान्डमा देखाउने बताए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्यान्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो देखिएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यम भएर खेल्ने कप्तान मल्लले बताए ।

टोलीको बिदाईमा उपस्थित भएका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामनासहित बिदाई गरे । उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ ।




सम्बन्धित
Loading...