एमसीसीको नाममा नेपाललाई रणभूमि बनाउन पाइदैनः क्रान्तिकारी माओवादी


  • रामकुमार श्रेष्ठ –




नवलपरासी, १६ फाल्गुन । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश नं. ४ का इनचार्ज चन्द्रहरि सुवेदी हटलले एमसीसीको नाममा नेपाललाई युद्ध भूमि बनाउन नपाइने बताएका छन् ।
शुक्रबार नवलपुरका कावासोतीमा भएको राष्ट्रिय स्वाधिनताको रक्षार्थ आयोजना गरिएको अभियानको कोण सभालाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अमेरिकाले चिनलाई घर्ने निति अन्तरगत नेपालमा एमसीसी सम्झौताको नाममा ठूलो रकमको लोभ देखाएर अमेरिकी सेना ल्याउने योजना अगाडि सारेको बताए ।


कावासोतीमा भएको कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले पनि बोलेका थिए । कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादी कावासोती नगर इन्चार्ज बाबुराम पोख्रेलले गरेका थिए ।
त्यसैगरी शुक्रबार नै देवचुलीको सिजी चोक र गैडाकोटको गैडाकोटमा पनि कोण सभा गरिएको थियो ।
सिजी चोकमा भएको कोण सभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी प्रदेश चारका सेक्रेटरी केशबहादुर परियारले सरकारले भारतीय पक्षले अतिक्रमण गरेर बसेको भूमिबाट भारतीय सेना फिर्ता गराउनका लागि कसैले पहल गर्न नसकेको बताए ।
सिजी चोकमा भएको कार्यक्रमको सञ्चालन युवराज वाग्लेले गरेका थिए भने काशी काफ्लेको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी शनिबार हुप्सेकोटको झ्यालबास, मध्यविन्दुको चोरमारा, सर्दी र त्रिवेणीमा कोण सभा गर्ने जनाएको छ ।




 




सम्बन्धित
Loading...