हङकङसंग नेपाल ४३ रनले पराजित, एशिया कप खेल्ने सपना चकनाचुर


थाइल्याण्डमा जारी एसीसी इस्र्टन टि–२० क्रिकेटमा नेपालले लगाता दोस्रो हार व्यहोरेको छ ।




आज भएको खेलमा हङकङसंग ४३ रनले नेपाल पराजित हुन पुग्यो । प्रतियोगितामा लगातार हार व्यहोरेसंगै नेपालको एशिया कप छनौट प्रतियोगितामा पुग्ने संभावना लगभग सकिएको छ । नेपालले अब दुई खेल खेल्न मात्र बाँकी छ ।

हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १११ रनमै अलआउट हुन पुग्यो । कप्तान ज्ञानेन्द्र मल्लले ४६ र कुशल मल्ले १९, अभिनास बोहराले १२ र आरिफ शेखले १० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि पहिले व्याटिङ गरेको हङकङले ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । प्रतियोगितामा हङकङको यो पहिलो जित हो ।





सम्बन्धित
Loading...