नेपालसँग थाइल्यान्ड ९ विकेटले पराजित





फागुन २१ । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डलाई हराएको छ । थाइल्याण्डविरुद्ध सहज जित निकाल्ने क्रममा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ५ ओभर ३ बलमा ७२ रन बनाएर पूरा गरेको हो ।




नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै पवन सरार्फले ३६ रन बनाए भने पारस खड्काले ९ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

थाइल्यान्डका लागि हिनोन जोर्डानले १३ रन बनाए भने नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने एक–एक विकेट लिए ।




सम्बन्धित
Loading...