कोरोना उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने पिपिई हस्तान्तरण





कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकले अनिवार्य लगाउन पर्ने ५ थान पिपिई चौधरी फाउण्डेशनले हस्तान्तरण गरेको छ ।
फाण्डेशनका प्रतिनिधि रामकाजि सिटौलालले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई मंगलवार कार्यालयमा कोरोना भाइरस संक्रमणको उपचारमा खटिने चिकित्सकले लगाउनै पर्ने पिपिई (प्रशनल प्रोटेक्टिभ इक्विपमेन्ट) हस्तान्तरण गरेका हुन ।

घिमिरेले कोरोना संक्रमणका बिरामीको उपचारकालागि आइसोलेशन वार्ड बनाएको जिल्ला अस्पताललाई ५ वटा पिपिआईले ठुलो कामगर्ने बताए । प्रसोनल प्रोटेक्टिभ इक्विपमेन्टले चिकित्सकको मनोवल बढने र उपचारमा खटिन नहिच्किचाउने भन्दै घिघिरेले खुशि ब्यक्त गरे ।
उनले पिपिईको अभावले चिकित्सकहरुले कोरोनासंक्रमणका बिरामीलाई छुन नमान्ने अबस्थामा ५ वटा पिपिईले जिल्ला अस्पताललाई ठुलो राहत मिलेको सुनाए । प्रमुख जिल्ला अधिकरी घिमिरेले चौधरी फाण्डेशनका प्रतिनिधिलाई अझै ३० थान पिपिई चाडो उपलब्ध गराइदिन माग गरेका छन । पुर्वी नवलपरासीको अग्यौलीमा रहेको जिल्ला अस्पताल , चोरमारा , दुम्कौली र पितौजी स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड ( कोरोना संक्रमणका बिरामी राख्ने वार्ड ) बनाएर तैयारी अबस्थामा राखिएको छ ।
ति स्वास्थ्य केन्द्रमा आउने कोरोना वा अन्य महामारीका बिरामी छुनुअघि चिकित्सकले पिपिइ लगाउनु अनिवार्य हुन्छ । पिपिइको हरेक सेटमा चिकित्सकले शिर देखि पाउ सम्म लगाउने रक्षात्मक कपडा , टाई र चस्मा रहेको हुन्छ । पिपिइ लगाएपछि चिकित्सकलाई कोरोना संक्रमण जोखिम न्यून रहन्छ । पुर्वी नवलपरासीको सरकारी अस्पतालमा सेवारत चिकित्सकले पहिलो पटक पिपिई (प्रसोनल पोटेक्टिभ इक्विपमेण्ट) पाएका हुन ।







सम्बन्धित
Loading...