कोरोना त्रासः चितवनबाट फर्काएको विरामीलाई कावासोतीको जिल्ला अस्पतालमा लगियो


 




कावासोती । केहीदिनदेखि खोकी लागेका कारण उपचारका लागि चितवनका गएका पूर्वी नवलपरासीको कावासोती ३ निवासी ४३ बर्षीय दुर्गाबहादुर विकलाई उपचारका लागि नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु अस्पताल पठाइएको छ ।
पहिलेदेखि नै खोकी र दमका विरामी उनी भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पुगेका थिए । पुरानो मेडिकल कलेजले चेकजाँचको लागि उपकरण विग्रिएको छ भन्दै फर्कादिएको र भरतपुर अस्पतालले सामान्य औषधी दिएर फर्काइदिएको विकले बताए ।
उनलाई बुधबार उपचारका लागि घरबाट जिल्ला अस्पताल डण्डासम्म लानका लागि कावासोतीमा रहेका सबै एम्बुलेन्सलाई बोलाए पनि खोकी भने पछि कोरोनाको त्रासले विरामी बोक्न नमानेको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।
उनलाई श्रेष्ठले आफ्नै स्कुटी दिएर सहयोगीमार्फत उपचारका लागि अस्पताल पठाएका थिए । अहिले उनको मध्यविन्दु अस्पतालमा चेकजाँच भईरहेको अध्यक्ष श्रेष्ठले बताए ।

उनको चेक जाँचको क्रममा कोरोनासँग मिल्ने लक्षण नदेखिएपछि घर पठाइएको जिल्ला अस्पतालको अध्यक्ष डा. गोपाल खनालले बताए । उनमा श्वासप्रश्वास सम्बन्धी रोग रहेको डा. खनालले बताए।







सम्बन्धित
Loading...