सुस्ता गाउँपालिकामा १० शैयाको क्वारेन्टाइन होम


श्याम थापा –





सुस्ता  । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले १० शैयाको क्वारेन्टाईन निर्माण गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको जोखिमलाई मध्यनजर गर्दै सुस्ता गाउँपालिकाले क्वारेन्टाईन निमार्ण गरिएको क्विक रेस्पोन्स टिमका संयोजक एवं सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले जानकारी दिएकी छिन् । सुस्ताको वार्ड न ५ पक्लिहवामा स्वास्थ्य चौकीका लागि निर्माण भएको नयाँ भवनमा १० शैयाको सुविधायुक्त क्वारेन्टाईन निर्माण गरिएको हो । कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुलाई राखिने क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको टोली सहित अवास र औषधी उपचार लगायतका सेवाहरुको ब्यवस्थापन गरिएको सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए ।




सम्बन्धित
Loading...