कोरोना ल्याएको भन्दै बुहारी सम्धीनी सहित ७ जना घरबाट निकाला


कञ्चनपुर, १४ चैत्र । भारतका कोरनाको संक्रमण(कोडिभ–१९) बढेसंगै त्यहाँ विभिन्न कामका लागि गएका नेपाली धमाधम घर फर्किए ।




छोरीज्वाईसंगै भारतको दिल्लीबाट घर फर्किएकी डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ की खेमादेवी दमाईको परिवारलाई खेमादेवीको सम्दासम्धीनीले निकालिदिएका छन् ।




खेमादेवीकी छोरी मिना दमाईको घर कञ्चनपरको बेलडाँडी गाउँपालिका २बेलडाँडीमा थियो । ९ चैत्र संगै भारतबाट फर्किएका खेमादेवीको परिवार सहित छोरी मिना र ज्वाई करन सहितका मिनाकै घर गए । छोरीको घरमा पाँचदिनसम्म बसेका खेमादेवीको परिवार र उनकी छोरीलाई मिनाका सासु ससुराले घरबाट निकालिएका छन् ।

नेपाल भारत दुवै देशका कोरना संक्रमणबाट बाँच्नका लागि लकडाउन गरिसंगै मिनाको परिवारमा त्रास फैलियो । मिनाका ससुरा गोपाल दमाई र सासु पुनी दमाईले कोरना ल्याएको भन्दै घरबाट निकादिएको मिनाले दुखेसो पोखेकी छिन् । भारतबाट मिनासंगै आएकी उनकी आमा खेमा देवी दमाई मिनाका माईती पक्ष पुरन दमाई, विनोद दमाई, लक्ष्मी दमाई राधिका दमाई प्रिति दमाई र २ बर्षिया बालीका कृतिका दमाईलाई घरबाट निकालिदिएको हो । ‘सासु ससुराले कोरना ल्याएर माईतीलाई घरमा राखेको भन्दै मसहितलाई माईत जान दवाव दिए, ‘उनले भने, ‘दुई छोराछोरी छाडेर माईतीघर जाँदैछु ।’ घर पुगेर पनि सुखशान्तिपुर्वक बस्न नपाएको भन्दै मिनाले दुखेसो पोखिन् । मिना सहितका उनका माईतीपक्ष घर आउँदा भारतका लकडाउनको विषय नै उठेको थिएन् । तर, नेपालमा भने बन्दको हल्ला थियो ।

नेपाल बन्द हुदैछ तपाईहरु डडेल्धुरा जान गाह्रो हुन्छ यतै आउनुस् भनेर ससुरा गोपाल र सासु पुनी बोलाएको भन्दै मिनाले अहिले कोरनाको कारण देखाएर घरबाट निकालिदिएको बताईन् ।

भारतमा कोरना भाईरसको हल्ला चलेपछि सासुससुराले आफ्ना माईती पक्ष र आफुलाई घर छाड्न दवाव दिएका कारण बिहीबार पैदलै कञ्चनपुरको बेलडाँडी घरबाट जान खोज्दा प्रहरीले उनीलाई जान नदिएको उनले बताईन् । ‘आफ्नै घरबाट निकालिएपछि छोरीको अर्को घर माईती हो, ‘उनले भनिन, ‘घरमा दुव्र्यवहार भएपछि आमासंगै माईतीघर जाँन लागेकी हुँ ।’

बेलडाँडी गाउँपालिकाद्धारा उद्दार

भारतबाट छोरीज्वाईसंगै आएकी खेमादेवी दमाईकी छोरी मिना सहितका सात जनालाई घरबाट निकादिएपछी उनीहरुको बेलडाँडी गाउँपालिकाले उद्दार
गरेको छ ।

गाउँपालिका प्रमुख धन बहादुर थापाले भारतबाट आएर अलपत्र परेका उनीहरुलाई रौलेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईनमा राख्न खोज्दा केही आफुलाई अधिकारकर्मी बताउने व्यक्तिले क्वारेटाईनमा राख्न नदिएपछि गाउँपालिका कार्यालयमै राखिएको बताए ।

गाउँपालिका प्रमुख थापाले सबैको स्वाथ्य परीक्षण गरेको बताउदै उनीहरुको घरसम्म पु¥याउने पहल भईरहेको बताए । ‘आफ्नै बुहारी र सम्धीनी निकाल्नेपछि उनीहरुको गाउँपालिकाले उद्दार गरेको छ, ‘गाउँपालिका प्रमुख थापाले भने, ‘उता गन्यापधुराका प्रमुख नवल बहादुर मल्लसंग समन्वय गरिरहेका छौँ ।’




सम्बन्धित
Loading...