गरिब र अलपत्र परेकालाई सहयाेग



दिपकराज भट्ट / भागेश्वर – डडेलधुराकाे अमरगढि नगरपालिकाे बागबजारमा मा रहेका गरिव र विपन्न परिवारलाई समाजसेवि प्रकाश् साउद र राजेन्द्र पनेरुले खाद्यान्न सहयोग वितरण गरेका छन ।
व्यक्तिगत रुपमै उक्त क्षेत्रमा रहेका तीस परिवारलाई खाद्यान्न सामाग्री वितरण थालिएको हो । उनिहरुले व्यक्तिगत सहयोगमा स्थानीयले विपन्न र गरिव परिवारकालागि राहत वितरण सङै अलपत्र रहेकालाई उनिहरुकाे ठेगाना सम्म पुगाउने काम समेत गरेका छन ।




मुलुकमा लक डाउनका कारण मजदुरी गरी छाक टार्दै आएकाहरुको रोजीरोटी गुम्दा पेट पाल्न समस्या परेकाले चामल,हरेक परिवार लाई दस केजि सहयोग स्वरुप वितरण गरेकाे जानकारी दिए ।

पनेरुले भने सम्वन्धित परिवारको टोलमा पुगेर पनि खाद्यान्न सामग्री वितरण गरेका छाै।
दैनिक काम गरि छाक टार्दै गरेका परिवारलाइ राहत पाएपछि दैनिक गुजारा चलाउन सहयोग भएको र अलपत्र मा परेकाले आफ्नाे घर सम्म पुग्न पाएकाे खुसि समेत ब्यक्त गरेका छन । साथै संकटको घडिमा स्थानीय समाजसेबीले राहत बितरण गर्दा आफुहरु निकै हर्षित भएको उनिहरु बताउछन । समाजसेवि साउद र पनेरुले डडेल्धुरा बागबजारमा रहेकाे पुरानाे अपि अस्पताल मा 30 बेड तयार पारेर राखेकाे र सामान्य अाैषधिकाे समेत ब्यबस्थापन गरेकाे जानकारि दिए । ।





सम्बन्धित
Loading...