टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने





अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक २०२१ को जुलाईमा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आईओसीको कार्यसमति बैठकले कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२१ को जुलाई २३देखि ८ अगस्टसम्म आयोजना गर्ने निर्णय गरेको छ ।




२०२० को जुलाई २४देखि अगस्छ ९ सम्म हुने तय भएको ओलम्पिक गेम कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि पछि धकेलिएको थियो ।

ओलम्पिक २०२१ मा हुने भएपछि यसको नाम भने ओलम्पिक २०२० नै रहने आईओसीले जनाएको छ ।

यस्तै, पाराओलम्पिक गेम २०२१ अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानमैसञ्चालन हुनेछ । पाराओलम्पिक २०२० अगस्ट २५ देखि हुने तय भएको थियो । ओलम्पिक सेरे पनि यसका लागि छनोट भएका खेलाडीहरुले पुन छनोट खेल्नु नपर्ने आईओसीका अध्यक्ष थोमस बिचले बताएका छन्




सम्बन्धित
Loading...