वडा अध्यक्ष बरईले अतिविपन्न घरपरिवारलाई गरे चामल सहयाेग





नन्दु यादव –

चैत १८नवलपरासी ।  पश्चिम नवलपरासी जिल्ला काे प्रतापपपुर गाउपालिका वडा न ४का वडा अध्यक्ष जन्त्रि बरईले अाफ्नाे वडा भित्र रहेका ६०घरधुरि अतिबिपन्न घरपरिवार लाई छाक टार्न नसक्ने जस्तालाई १०के जि चामलकाे दरले राहत स्वरुप बितरण गर्नु भएकाे छ ।। वहालेे अाफ्नाे वडा भित्र रहेका घरपरिवारलाई छाक टार्न चामल दिई सहयाेग गरि अभियानकाे रुपमा शुरु गरेकाे बताउनु भयाे ।




बिश्वब्यापी रुपमा फैलिदै गएकाे काेराेनाकाे महामारीले विश्व नै तहसनहस अवस्थामा पुगेकाे ले सरकारले गरेकाे लकडाउनका कारणले देशमा रहेका रहेका अतिबपन्न परिवार ले दिनभरिकाे ज्यालाले छाक टार्दै अाईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेकाे बेलामा सबैले अाअाफ्नाे ठाउबाट अतिबिप्न्न घरपरिवारलाई सहयाेग गर्नुपर्ने अवस्था रहेकाे वहाले बताउनु भयाे ।वहाले दिएकाे जानकारी अनुसार कुनै पनि घरपरिवारलाई छाक टार्न समस्या भए मलाई तुरुन्तै सम्पर्क गर्नु भनी सबैमा अाह्वान गर्नु भएकाे छ ।अबकाे दिनमा यहाकाे जनताहरुलाई साबुन माक्स लगायतका सामाग्री बितरण गर्ने याेजना रहेकाे समेत बताउनु भयाे।




सम्बन्धित
Loading...