घर जान चाहनेलाई पुर्‍याउने व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं- लकडाउनका कारण रोकिएका मजदूर, विद्यार्थी लगायतलाई घर पुर्याइदिन आदेश जारी गर्न माग गर्दै सावोच्च अदालतमा रिट परेको छ ।

घरबाट टाढा रहेका र बस्न मुस्किल भएकालाई घर पुर्याउन माग गर्दैै आइतवार वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा लगायतले रिट दायर गरेका हुन्

उनीहरुले त्यस्ता व्यक्तिको लगत लिइ घर पठाउनु पर्ने माग गरेका छन् । त्यसअघि उनीहरुको कोरोना परीक्षण गरी घर पठाउन माग गरिएको छ ।

त्यस्तै रिटमा घरबाट टाँढा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।




सम्बन्धित
Loading...