मध्यविन्दु नगरपालिकाकाे विपद काेषमा महिला सहकारीद्वारा ५० हजार सहयाेग





शाेभा जि.सी.
चाेरमारा (नवलपरासी) । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाकाे विपद् व्यवस्थापन काेषमा अरूणज्याेति सामाजिक उद्यमी महिला सहकारी संस्था मध्यविन्दुले ५० हजार रूपैयाँ सहयाेग गरेकाे छ ।
मध्यविन्दु नगरपालिका भित्र आधार बनाई क्रियाशील संस्था अरुण ज्योति सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ले मध्यविन्दु भित्रका अति विपन्न तथा असंगठित मजदुरहरुको राहत सहयोगको लागि मध्यबिन्दु नगर प्रमुख चन्द्र बहादुर रानालाई पचास हजार रुपैयाँ अध्यक्ष धनमाया लामा, उपाध्यक्ष पुनम नगरकोटी, सचिव लक्ष्मी वसिष्ठ (अर्याल), व्यवस्थापक सुमित्रा पाल्पाली, बजार संयोजक रुद्रप्रसाद अर्यालकाे टाेलीले हस्तान्तरण गरेकाे हाे ।




सम्बन्धित
Loading...