पश्चिम नवलपरासीमा सवै स्थानीय तहले दिए किसानलाई धानको विउ अनुदान





नवलपरासी बैशाख २०
कोरोना संक्रमणको रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण सवै क्षेत्र अस्तब्यस्त बनिरहेको समयमा कृषिमा भने सम्भावनाको खोजी भैरहेको छ । अन्य क्षेत्र लकडाउनकै कारण ठप्प बनिरहँदा कृर्षि कर्ममा रम्नेहरुलाई भने लकडाउनले छेक्न सकेको छैन  । कोरोनाकै कारण चालु आर्थिक बर्षमा संघिय सरकार, प्रदेश सरकार होस वा स्थानिय सरकारले विकास निर्माणमा क्षेत्रमा छुट्याएको बजेट प्रयोग हुने सम्भावना घट्दै गएको छ । राष्ट्रिय गौरभका आयोजनाहरु बहेका योजनाहरु प्राय ठप्प जस्तै बनेका छन् ।

पश्चिम नवलपरासीका स्थानिय तह भने अहिले कृषि क्षेत्रमा लगानी गर्न केहि उदार देखिएका छन् । जिल्लाका किसानहरु यतिवेला धानको विउ उमार्नका लागि ब्याड राख्न ब्यस्त भैरहेका छन् । दिनहुँ जस्तो पानी पर्न थालेपछि किसानहरुलाई सहज पनि भएको छ ।
यहाँका सात वटै स्थानिय तह हरुले किसानलाई धानको विउमा अनुदान उपलब्ध गराउने घोषणा गरिसकेका छन् । स्थानिय तहले धानको विउमा अनुदान उपलब्ध गउने भएपछि किसानहरु उतसाहि भएका छन् । किसानहरुले धानको विउ संगै मलखादको पनि सहज उपलब्धता गराईदिन स्थानिय सरकार संग आग्रह पनि गरेका छन् ।




जिल्लाका ५ वटा स्थानिय तहले कृषकलाई धानको विउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएका छन् । जसमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हिनन्दन गाउापालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका रहेका छन् । सरावल गाउँपालिकाले ३० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ भने बर्दघाट नगरपालिकाले २५ प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको छ ।

कोरोनाको कहरका कारण यस पछि हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै अव कृषि उत्पादन बृद्धि गर्नुको विकल्प नरहेका् भन्दै स्थानिय तहहरुले कृषकलाई अनुदानको ब्यबस्था गरिएको बताएका छन् । किसानहरुले भने धानको विउमा मात्र होईन स्थानिय तहले आफ्नो क्षेत्रमा कृषिको विशेष योजना बनाएर आवश्यक प्राविधिक सहयोग र यान्त्रीकरणामा अनुदान दिएमा त्यसले समग्र कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने बताएका छन् ।




सम्बन्धित
Loading...