तनहुँमा ग्यास सिलिण्डर पड्किँदा २ बालक घाइते





तनहुँको आँबुखैरेनी गाउँपालिका– १, सत्रसय भन्ने ठाउँमा आज बिहान ग्यास सिलिण्डर पड्किँदा २ जना बालक घाईते भएका छन् ।

स्थानीय बिनोद विकको भान्साकोठामा बिहान ७:४० बजेको समयमा सिलिण्डर पड्किँदा उनका छोराहरू- ११ वर्षीय विवेक विक र ७ वर्षीय सरगम विक घाईते भएका हुन् ।




घाईतेमध्ये विवेक विककाे शरीर र हातको केही भागमा जलेको छ । अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास पड्किँदा घरको अधिकांश भागमा समेत क्षति पुगेको छ ।




सम्बन्धित
Loading...