नवलपरासीमा रासायनिक मल अभाव





नवलपरासी, वैशाख २४–

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा किसानलाई समस्या हुने सुस्ता १ फेचुवाका किसान दीपेन्द्र चौधरी बताउनुहुन्छ । धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपीलगायत मल आवश्यक पर्छ । ‘अहिले धानको बीउ छर्ने बेला आएको छ, मलको अभावमा समयमा बीउ छर्न पाइँदैन भन्ने चिन्ता छ’, फेचुवाका किसान राजेशकुमार चौधरी बताए।




पश्चिम नवलपरासीमा वार्षिक १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि करीब आठ हजार मेट्रिक टन मात्र जिल्लामा प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपरासीले जनाएको छ । ‘किसानलाई माग अनुसार आपूर्ति गर्न सकिएको छैन । हरेक वर्ष मागअनुसार अभाव हुन्छ, यस पटक बन्दाबन्दीका कारण किसानहरुले माग गरेअनुसार मल दिन सकिएको छैन’, कार्यालयका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले भने।

पश्चिम नवलपरासीमा कुल रु २९ हजार २८५ हेक्टर खेतीयोग्य जमीन छ । सोमध्ये २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । सो खेतीमा वार्षिक ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन हँुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ ।




सम्बन्धित
Loading...