डिजिटलमा फिल्म रिलिजको आयुष्मानद्वारा विरोध





मुम्बई । बलिउड अभिनेता आयुष्मान खुरानाले आफूले निकै आशा गरेको फिल्मलाई निर्माण पक्षले केही समय कुरेर सिनेमा हलको सट्टा हतारमा डिजिटल प्लेटफर्ममा रिलिज गर्दा आफूखुसी नभएको बताएका छन् ।

उनले यो फिल्ममा अमिताभ बच्चनसँग मुख्य भूमिका निर्वाह गरेका छन् । अमिताभसँग काम गर्ने आफ्नो सपना पूरा भएको तर यो फिल्मले सिनेमा हलको मुख अब देख्न पाउने हो कि हैन भन्ने चिन्ता लागेको पनि आयुष्मानको भनाइ छ ।


अमिताभ बच्चन र आयुष्मान खुरानाले मुख्य भूमिका निर्वाह गरेको फिल्म गुलाबो सिताबोलाई ११ जुनमा डिजिटल प्लेटफर्मबाट रिलिज गरिने भएको छ । यो फिल्मलाई अमेजन प्राइम भिडियोले किनेको छ । अमेजनले यो फिल्मलाई ११ जुनबाट आफ्नो वेभपेजमार्फत रिलिज गर्दै छ । फिल्मलाई हर्न अब सिनेमा हलसम्म जानुनपर्ने र आफ्नै घरमा बसेर फिल्म गुलाबो सिताबोलाई हेर्न पाइने भन्दै यो फिल्मको ट्रेलर रिलिज गरिएको छ । फिल्मको ट्रेलर निकै राम्रो बनेको छ । मल्टिप्लेक्स सिनेमा हल संगठनले यो फिल्म डिजिटलबाट रिलिजका लागि नबेच्न भन्दै हल खुल्नासाथ आफूहरूले रिलिज गर्ने बताएको थियो ।

अभिनेता आयुष्मान खुरानाका पछिल्ला फिल्महरूले १ सय करोडभन्दा माथिको व्यापार त सिनेमा हलमै गर्दै आएका थिए । फिल्म गुलाबो सिताबोबाट उनी अझ बढी आशावादी थिए । निर्माताहरूले डिजिटल प्लेटफर्मबाट राम्रो पैसा पाएपछि हलमा रिलिज नगरेर डिजिटल प्लेटफर्मबाट ल्याउन लागेको बताएका छन् ।

यता अमिताभ बच्चनले पनि निरन्तर फिल्ममा अभिनय गरेको ५१ वर्षपछि पहिलोपटक उनको यो फिल्म डिजिटल प्लेटफर्मबाट रिलिज हुन लागेको हो । सिनेमा हलमा ल्याउनुको सट्टा जिटलमा रिलिज गर्न लागेको अभिनेता बच्चन पनि त्यति खुसी छैनन् ।




सम्बन्धित
Loading...