नवलपरासीमा १० लाख बराबरको अवैध सुपारी बरामद





पार्वती पाण्डे –
नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा प्रहरीले झण्डै १० लाख बराबरका अवैध सुपारी बरामद गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १९७६ नम्बरको ट्रकबाट ६ हजार ३ सय किलोग्राम सुपारी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उक्त सुपारीको बजार मूल्य ९ लाख ९३ हजार बराबरको रहेको र बरामद सुपारी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासी चलान गरिएको छ ।
औषधीको कार्टुनसँगै ८५ बोरा सुपारी प्रहरीले बरामद गरेको हो ।




सम्बन्धित
Loading...