२० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना


२० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना क्रिकेटर परेका छन्।




सूचीमा अधिकांसका खेलाडी टेस्ट राष्ट्रका छन्। एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा नेपालबाट दुई जना परेका हुन्। एसोसिएट देश युएई र स्कटल्यान्डका १–१ जना समावेश छन्।

युएईको चर्चित मिडिया द नेसनलले गरेको छनोटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका हुन्।




यी हुन् विश्वका इर्मर्जिङ क्रिकेटर

नसीम शाह (पाकिस्तान, १७ वर्ष), पाकिस्तानका तीव्र गतिका बलर नसीमले टेस्टमा डेब्यू मात्र होइन ह्याट्रिक समेत गरिसकेका छन्।

यशस्वी जैसवाल (भारत, १८ वर्ष), कोरोनाका कारण आइपिएल स्थगित नभएको भए उनले अहिले आफ्नो प्रतिभा देखाइरहेका हुन्थे। देब्रे हाते ओपनर राजस्थान रोयल्समा ३ लाख ४० हजार डलरमा आबद्ध भएका थिए।

सन्दीप लामिछाने (नेपाल, १९ वर्ष), लेगस्पिनर सन्दीपले दुई सिजन आइपिएल खेलसिकेका छन्। उनले विश्वका चर्चित टी–२० फ्रेन्चाइज लिगमा आफ्नो उपस्थिति जनाइसकेका छन्।

मुजिब उर रहामान (अफगानिस्तान, १९ वर्ष), १९ वर्षको उमेरमा उनले विश्वकप र टेस्ट क्रिकेट मात्र होइन अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत र बंगलादेशमा घरेलु क्रिकेट खेलिसकेका छन्।

जयडेन सिल्स (वेस्ट इन्डिज, १८ वर्ष), वेस्ट इन्डिजबाट यु१९ विश्वकप खेलेपछि उनी राष्ट्रिय टिमका लागि छनोटमा परिसकेका छन्। तीव्र गतिका बलर सिपिएलमा समेत आबद्ध भएका छन्।

शाफिकुल्लाह घफारी (अफगानिस्तान, १८ वर्ष), अफगानिस्तानका स्पिनर घफारीले राष्ट्रिय टिममा रहेका प्रतिभावान स्पनिरहरू मुजिब, रासिद खान, जाहिर खान र क्वाइस अमहेद जस्ता खेलाडीबीच छुट्टै पहिचान बनाएका छन्।

हइदर अली (पाकिस्तान, १९ वर्ष), अलीले यु१९ विश्वकपमा मात्र होइन पाकिस्तान सुपर लिगमा पेसावर जल्मीका लागि पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

सोरिफुल इस्लाम (बंगलादेश, १८ वर्ष), देब्रे हाते तीव्र गतिका बलर इस्लामले यु१९ विश्वकपबाट आफ्नो प्रतिभा देखाउँदै राष्ट्रिय टिममा दाबेदारी प्रस्तुत गरेका छन्।

तनवीर संघा (अस्ट्रेलिया, १८ वर्ष), लेगस्पिनर संघा अस्ट्रेलियाको बिग ब्यास लिगमा आबद्ध हुने कान्छा खेलाडी बनेका थिए। उनले सिड्नी थन्डरका लागि १७ वर्ष ३४६ दिनको उमेरमा सम्झौता गरेका थिए।

रवि बिस्नोइ (भारत, १९ वर्ष), लेगस्पिनर रवि दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपपमा उत्कृष्ट खेल्दै बढि विकेट लिने खेलाडी बनेका थिए।

रकिबुल हसन (बंगलादशे, १७ वर्ष), देब्रे हाते अर्थोडक्स बलर मिडल ओभरमा उपयोगी बलरको रुपमा सिद्ध हुँदा बंगलादेशलाई यु१९ विश्वकप जित्नका लागि बल पुगेको थियो।

जोनाथन फिगी (युएई, १८ वर्ष), दुबईमा जन्मिएर अबुधावीमा उदाएका उनी हाल इंग्ल्यान्डमा छन्। उनले यु१९ विश्वकपका साथै राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यू गरिसकेका छन्।

हमिदुल्लाह कद्री (इंग्ल्यान्ड, १९ वर्ष), कन्दहरमा जन्मिएका अफ स्पिनरले इंग्ल्यान्डबाट घरेलु क्रिकेट खेल्दै यु१९ विश्वकप खेले।

कुशल मल्ल (नेपाल, १६ वर्ष), मल्लले सचिन तेन्दुलकर र साहिद अफ्रिदी जस्ता खेलाडीलाई पछि पारेर एकदिवसीय खेलमा अर्धशतक बनाउने कान्छा ब्याट्सम्यानको कीर्तिमान बनाए।

टम माकिन्टोस (स्कटल्यान्ड, १६ वर्ष), म्याड्रिडमा जन्मिएका स्कटल्यान्डका विकेटकिपरले यु१९ विश्वकपमा आफ्नो क्षमता देखाए। यस्तै उनले अभ्यास खेलमा युएईविरुद्ध शतक प्रहार गरे।

कार्तिक त्यागी (भारत, १९ वर्ष), कृषकका छोरा त्यागीले यु१९ विश्वकपमा क्षमता देखाएपछि आइपिएल टिम राजस्थान रोयल्सले आबद्ध गर्‍यो।

रोहिल नाजिर (पाकिस्तान, १८ वर्ष), यु१९ विश्वकपमा पाकिस्तानको कप्तानी गरेका उनले पाकिस्तान सुपर लिगमा पनि खेल्ने मौका पाइसकेका छन्।

ब्रास पार्सन्स (दक्षिण, १९ वर्ष), देब्रे हाते ब्याट्सम्यान दक्षिण अफ्रिकाका युवा प्रतिभा हुन्। उनी अहिले अवसरको खोजीमा छन्।

प्रियम् ग्राग (भारत, १९ वर्ष), भारतका लागि यु १९ टिमको कप्तानी गरेका उनले पहिलो श्रेणीको क्रिकेटमा दोहोरो शतक हानिसकेका छन्। उनी सिजनमा लागि आइपिएल टिम सनराइजर्स हैदरावादमा आबद्ध भएका थिए।




सम्बन्धित
Loading...