कोरोना पोजेटिभ बिरामीको पाटन अस्पतालमा हड्डीको अपरेशन


कोरोना पोजेटिभ एक युवाको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ।




सप्तरीका ३२ वर्षे युवाको आज अपरेशन सम्पन्न भएको पाटन अस्पताल कोरोना डेडिकेटेड संयोजक डा विमल पाण्डेले बताए। ती युवाको खुट्टा भाँचिएको थियो।

‘सुरुमा हामीले यहाँ ठाउँ नभएर काठमाडौं मेडिकल अस्पताल पठाएका थियौं’ डा पाण्डेले भने, ‘उनको स्वास्थ्य अवस्था सामान्य छ। नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो।’




सर्जरीमा डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको पाण्डेले बताए।




सम्बन्धित
Loading...