मौलाकालिकाले गर्याे ग्राहकको वक्यौता मिनाहा





कावासोती, जेठ १४ ।
नवलपुरको कावासोतीमा रहेको मौलाकाली मोटरसाईकल वर्कशपले आफ्ना ग्राहकहरुको वक्यौता रकम मिनाहा गर्ने भएको छ । कावासोतीको फिल्महल चोकमा रहेको सो वर्कशपले कोभीड १९ को कारा जारी बन्दाबन्दीले गर्दा आम सर्वसाधारणलाई समेत मर्का परेको भन्दै केही भएपनि राहत प्रदान गर्नकालागि वक्यौता मिनाहा गर्न लागिएको मौलाकालिका मोटरसाईकल वर्कशपका सञ्चालक प्रविन सापकोटाले बताए ।
नवलपुर ड्राईभिङ सङ्घका अध्यक्ष समेत रहेका सापकोटाले आफ्ना ग्राहरुको वक्यौता रकम मध्यबाट रु १५ सयसम्म मिनाहा गर्ने बताए । हालसम्म वक्यौता हुने रकम मध्यबाट रु १५ सय मिनाहा हुने उनले बताए । बन्दाबन्दीले आफ्ना नियमित ग्राहकलाई समेत प्रभाव परेको महशुस गरी केही राहत प्रदान गरौ भनेर यो योजना ल्याएको वर्कशपका सञ्चालक सापकोटाले बताए । यो योजनाबाट आफ्ना एक सय ग्राहक लाभान्वित हुने उनले बताए । सामाजिक सेवामा समेत सक्रिय रहेका सापकोटाले यस अघि बन्दाबन्दीको कारण प्रभावित विपन्न ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने घर परिवारलाई खाद्यन्न सहयोग समेत गर्दै अाएका छन् । मौलाकालीका मोटरसाईकल वर्कशपले बन्दाबन्दीको समयमा अत्यावश्यक काम गर्ने स्वास्थ्यकर्मी, सूरक्षाकर्मी, पत्रकारहरुको सहजताका लागि निशुल्क रुपमा मोटरसाईकल सर्भिस सेवा समेत उपलब्ध गराउदै आएको छ ।
कोभीड १९ बिरुद्ध लडन सबैको उत्तिकै भूमिका रहने हुसदा आफूले समेत आफ्नो कर्तव्य सम्झिएका ग्राहकहरुको वक्यौता रकम मिनाहाको योजना ल्याएको सञ्चालक सापकोटाले बताए।




सम्बन्धित
Loading...