नवलपुरमा आज भेटिएका संक्रमित मध्ये एक जनासँगै कावासोतीका ३ जना र मध्यविन्दुका १ जना आएका थिए


नवलपुर, १६ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शुक्रबार भेटिएका दुई संक्रमित मध्ये १ जनासँग कावासोती नगरपालिकाका ३ जना र मध्यविन्दु नगरपालिकाका १ जना आएको पाइएको छ ।
जेठ ९ गते भारतको उत्तरप्रदेशबाट आएका देवचुली १५ का २१ बर्षीय युवासँगै देवचुलीको प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्समा कावासोतीका ३ जना र देवचुलीका १ जना गरी पाँच जना ल्याइएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताइन् ।
कावासोतीको लौगाईका २ जना र थकाली चोक १ जना गरी ३ जनाको कावासोतीका आएका हुन् । संक्रमित २१ बर्षीय युवासँगै आएका अन्य ४ जनाको स्वाब संकलन गर्ने तयारी भईरहेको सम्बन्धित नगरपालिकाले जनाएको छ ।
शुक्रबार भेटिएका अर्का संक्रमित देवचुली ११ का १९ बर्षीय युवा हुन् ।




देवचुली नगरपालिकामा मात्रै संक्रमितको संख्या ५ पुग्यो




पूर्वी नवलपरासीमा थप २ जनामा काेराेना पुष्टि




सम्बन्धित
Loading...