सुनवलको आइसोलेसनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

102




सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेका आइसेलेशनका लागि स्थानीय व्यापारी खिमबहादुर थापा क्षेत्रीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
कोभिड (१९ क संक्रमित विरामीहरुको उपचारका लागि सुनवल नगरपालिकाले स्थापना गरेको आईसोलेसनमा सुनवल ढुवानी सेवाका संचालक खिमबहादुर थापा क्षेत्रीले २ सय थान सर्जिकल मास्क, २० थान केएन ९५ मास्क र २ थान थर्मल गन उप्लब्ध गराएका हुन्।
कोरोना संक्रमितहरुको उपचारका लागि बनाइएको उक्त आइशोलेशन केन्द्रमा प्राप्त भएको स्वास्थ्य सुरक्षा सामाग्री सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई प्रदान गरिएको थियो।

You might also like
Loading...