बाजुराकी २ बर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित


बाजुरा । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।




मृतक बालिकाकी २३ बर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो । २ बर्षकी उक्क्त बालिका पखाला, ज्वरो, श्वासप्रश्वास समस्याबाट ग्रसित रहेका थिए । ‘बच्चाको उपचार त गरिरहेका थिर्यौं, अबस्था निकै चिन्ताजनक रहेको थियो’, उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।




८ दिन अगाडी उनको परिवार भारतबाट आएका थिए । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो । बच्चा बिरामी भएपछि बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।




सम्बन्धित
Loading...