माडीका क्वारेन्टाइनलाई रोटरीको खाद्यान्न

115




नारायणगढ रोटरी क्लबले माडीका क्वारेन्टाइनहरुलाई खाद्यान्न वितरण र माडी क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्नका लागि आठ थान ब्रान्डेड कम्प्युटर, एकथान प्रिन्टर र इ–लाइब्रेरी सञ्चालन गर्न आवश्यक सम्पूर्ण सामग्रीहरू हस्तान्तरण गरेको छ । प्रमुख अतिथि माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भुषालको उपस्थितिमा क्याम्पस प्रमुख नेत्र गौतमलाई क्लबका अध्यक्ष सुसनलाल प्रधानले सहयोग प्रदान गरेका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ माडीका अध्यक्ष रेशमलाल आचार्य, क्याम्पस व्यवस्थापन सदस्य शोभाखर चापागाई, सशस्त्र प्रहरी बल, माडीका प्रहरी निरिक्षक थकाली चौधरी, सहायक क्याम्पस प्रमुख तोयानाथ तिवारी, बिपद व्यवस्थापन समितिका संयोजक तथा बघौडा रेडक्रस उपशाखाका सभापती भागिरथ भुषालको उपस्थिति रहेको थियो ।

यसैगरी क्लबले माडीको सोमेश्वर मावि क्वारेन्टाइनमा रहेका ७० जना, माडी मावि क्वारेन्टाइनका २ जना र माडी क्याम्पस क्वारेन्टाइनमा रहेका १४ जनाको लागि बीस बोरा चामल र २ बोरा आलु सहयोग प्रदान गरेको छ । साथै क्लबका पूर्वअध्यक्ष राजेन्द्र ओलीबाट ३०० थान मास्क र पूर्व अध्यक्ष मनोज प्रधानले टाइम फर्मास्यूटिकलको तर्फबाट पाँच लिटर सेनिटाइजर सहयोग उपलब्ध गराएका छन् ।

क्लबका सचिव यज्ञमुनि बज्राचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, सञ्जय श्रेष्ठ, २०२० र २१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, प्रथम उपाध्यक्ष अरुण खनाल, सदस्यहरू किरणनारायण श्रेष्ठ, तारानाथ पाठक, बसन्तबहादुर पाण्डे, सेवन पन्तलगायत पूर्वसदस्य प्रसन्न श्रेष्ठको उपस्थिति रहेको थियो ।

You might also like
Loading...