थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

235




काठमाडौं- नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ५६७ पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार १ सय ६२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ जनाको कोरोना परीक्षण भएको छ गत २४ घण्टामा २ हजार ८ सय ५३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यस्तै देशभरका क्वारेन्टाइनमा १ लाख १९ हजार १ सय ९२ जना रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो पटक १ जना थप डिस्चार भएका छन् । यो सँगै २२० जना पुगेका छन् । जसमध्य ४८ मिहला अन्य पुरुष रहेका छन् ।

आज निधन भएकी २ बर्षीया बालिका सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

You might also like
Loading...