नवलपरासीमा डेढ लाख बराबरको अवैध सामग्री बरामद





नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले डेढ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीषक विरेन्द्र थापाका अनुसार सुनवल नगरपालिका ५ बनकट्टीबाट डेढ लाख बराबरको अवैध सामग्री बरामद गरिएको हो ।
९ बोरा चिनी, ६० लिटर मोबिल, ५० केजी युरिया मल र ७९ हजार ७ सय ५० रुपैयाँ बराबरका किराना सामग्री गरी डेढ लाख बराबरको अवैध सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छली मोटरसाइकलमा ल्याइएको उक्त सामग्री प्रहरी देखेपछि छाडेर भागेको प्रहरीले जनाएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...