नेपालले खेल्ने विश्वकप छनोटका खेलहरु अक्टोबर र नोभेम्बरमा गर्न एएफसीको प्रस्ताब

102




एजेन्सी, २४ जेठ । एशियाली फुटबल महासंघ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेल सुरु गर्न प्रस्ताव गरेको छ ।

नेपालले खेल्ने खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा) लाई प्रस्ताव गरेको हो । यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण खेल स्थगित भएको थियो ।

स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघबीचको भिडियो बैठक पछि एएफसीले खेल गराउन तयारी थालेको हो ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।

एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ । विश्वकप २०२२ कतारमा तथा एएफसी एशियन कप २०२३ चीनमा हुनेछ ।

You might also like
Loading...