पाल्हीनन्दनमा किसानहरुलाई कृषि औजार वितरण

282




जेष्ठ ३१ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाले किसानका लागि कृषि औजार सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रममा बिच गाँउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले ति सामाग्रिहरु किसानलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान बाली पकेट संञ्चालन समितिको आयोजनामा लोहरौलीमा भएको कार्यक्रममा किसानहरुलाई सामाग्रि वितरण गरिएको हो । वितरण गरिएका समाग्रिमा पम्पिङ सेट १७ थान, मोटर पम्प १८ ओटा, कोदालो ३५ ओटा, चार्जर टंकि ५ थान, कृषि विद्युत मिटर चार थान, सेक्सन डेलिभरी पाईप रहेका छन् ।

धान बाली लगाउने समयमा किसानहरुले यस्ता सामाग्रि पाउँदा खुसी व्यक्त गरेका छन् । गाँउपालिकाले कृषि क्षेत्र आफुहरुको मुख्य प्राथमिकतामा रहेको र कृषि समस्या समाधानका लागी गाँउपालिका सदैव तयार रहेको अध्यक्ष गुप्ताले बताउनुभयो ।

 

You might also like
Loading...