नारायणगढ-मुग्लिन सडकखण्डमा पुनःपहिरो खस्यो, सडक अवरुद्ध





चितवन, असार ३ । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो ।


इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए ।

बुधबार बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ । रासस




सम्बन्धित
Loading...