जिम्मेवारी —*—

94




 – सन्तोष कार्की मौसुफ । हङकङ

रमेश बर्षौपछी बिदेश बाट राम्रो पैसा कमाएर आफ्नो घर फ़ेर्किएको थियो । उसले आफ्नो सबै पुराना साथिहरुको साथमा पार्टी गर्ने मन गर्‍यो । सबै साथिहरु राम्रो जागिर आआफ्नो बिजनेस कारोबार गर्नेहरु थिए । सिबाए एक हर्कबहादुर बाहेक ….. जो कि एक नजिकैको फ्याक्ट्रीमा गार्ड को काम गर्ने गर्थ्यो । कम पढाइ को कारण उ अगाडि बढ्न सकेको थिएन ।

रमेश ले उसलाई पनि भोजमा आउनको लागि निमन्त्रणा पठाएको थियो । दिउँसो ३/४ बजेसम्म सबै साथिहरु रमेश को निमन्त्रणामा उसलाई बधाई दिन पुगे र पाटी सुरु गर्न थाले … केही समय पश्चात रमेश को श्रीमती ले भनिन कि उसको अम्लाको हिरा जडित औंठी हरायो । यो सुनेर सबैजना एकाअर्कालाई संकालु आँखा ले हेर्न थाले । तर रमेश ले सबैलाई भन्यो कि केही छैन साथीहरू पार्टिमा इन्जोए जारी राख्नुहोस ।

त्यसबेला एउटा साथिले भन्यो: हैन रमेश कुनै एक को गल्ती को कारण हामिसबै जहिले पनि संकाको घेरामा रहन्छौं त्यसैले तिमी सबैको खानतलासी गर… सबै साथिहरु उसको कुरामा सहमत भए आआफ्नो शरीर खोज तलासी गर्नको लागी । सिबाए एक हर्कबहादुर बाहेक.. रमेश बाहेक सबै साथिहरुले हर्कबहादुर लाई संकाको नजरले हेर्न लागे। उसका साथिहरुले हर्कबहादुर लाई अपमान गर्न थाले हर्कबहादुर चुपचाप उनिहरुको गाली गलौज सुनेर सहेर बस्यो । रमेश ले सबैलाई सम्झाइ बुझाइ गर्‍यो र कुरा पनि सकियो पार्टी पनि सकियो …..

कपडा बदल्ने बेला श्रीमतिले देखि कि औँठी बाथरुममा खसेको रहेछ । तुरुन्तै रमेश लाई भनिन: रमेश निराश हुँदै मध्य रातमा हर्कबहादुर को घरमा पुग्यो र उसलाई सबै कुरा भन्यो। र फ़ेरि उसले भन्यो: जब तिमिले औँठी भेट्टाएको थिएनौं भने सबैको शरीर खानतलासिको समय किन आफ्नो शरीर छुन दिएनौं…

त्यसपछि हर्कबहादुर ले भन्यो: उ त्यहाँ हेर मेरो छोरा , मेरो श्रीमतिले हामिलाई छाडेर सधैको लागि भगवान् को शरणमा गएपछि म नै यसको आमाबुबा सबैकुरा हुँ । यो आजभोलि निकै बिरामी छ । मेरो गार्डको कमाइले यसको उपचार पनि राम्रोसँग ले गर्न पाई रहेको छैन । यस्तो मा यो मिठाइ खानको लागि जिद्दी गरिरहन्छ , तिम्रो पार्टी मा जब मेरो भागमा मिठाइ आको थियो त्यो मिठाइ मैले नखाएर गोजिमा राखेको थिए…..

यदि मैले मेरो गोजी तलासी गर्न दिएको थिएभने सबैले गोजीमा मिठाइ राख्नुको कारण सोध्न थाल्ने’ थिए । मिठाइ चोरिमा मेरो छोराको नाम पनि आउथ्यो… मलाई थाहा थियो कि सबै मेरा साथिहरु राम्रो पैसावाला छन् उनिहरुले औँठी चोरी गर्दैनन थिए । त्याँही कतै न कतै भेटिन्छ … त्यहिभएर म साथिहरुको अपमान सहेर बसे…

रमेश ले सबै साथीहरू को तर्फबाट माफी माग्यो र हर्कबहादुर को बिरामी छोराको पुरै उपचार को “जिम्मेवारी” आफ्नो काँधमा लियो । साथै हर्कबहादुर लाई आफ्नो कम्पनिमा राम्रो जागिर पनि दियो…..

साथिहरु कथा को सार यो हो , आमा बुबा छोराछोरिको हरेक सानो-ठुलो खुशिको लागि जे पनि गर्न तयार हुन्छन् । केहि नालायक छोराछोरिहरु ठूलो भएपछि या आफ्नो खुट्टामा उभिने भएपछि आमाबुबालाई बेइज्जत गरेर बृद्धआश्रम सम्म पुर्‍याउन पछि हट्दैनन । साथिहरु बाआमा भगवानको रुप हुन् ईश्वर हरेक ठाउँ उपस्थित हुन सक्दैनन् त्यसैले त उहाँले आफ्नो स्वरूप मा आमा बुबा दिनुभएको छ । त्यसैले उहाँ हरुलाई आदर गर्नुहोस् , सम्मान गर्नुहोस् र उहाँ हरुलाई माया दिनुहोस् ।।

You might also like
Loading...