पश्चिम नवलपरासीमा थप ३ जना कोरोना संक्रमण, संक्रमितको सङख्या ८३





परासी । पश्चिम नवलपरासीको बर्दघाटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहीबार प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा बर्दघाटका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिए।
बर्दघाट वडा नम्बर ९ का १४ र २५ वर्षिय दुई पुरुष र वडा नम्बर एक का ४६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनिहरुको गत जेठ ३२ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी पठाईएकोमा ११ औ दिनमा रिपोर्ट आएको हो । यस संगै पश्चिम नवलपरासीमा संक्रमितको सङख्या ८३ पुगेको छ ।




सम्बन्धित
Loading...