गैडाकोटमा होम क्वारेन्टाइनमा बसेकोलाई कोरोना पोजेटिभ देखिएपछि घर नै शिल


१२ असार । होम क्वारेनटाइनमा रहनुभएका गैडाकोट ५ का एक पुरुषमा संक्रमण देखिएपछि घरलाई सिल गरिएको छ । उहाँ दिल्लीबाट आएर होम क्वारेनटाइनमा वस्दै आउनुभएको थियो ।




एमडीको परीक्षा दिन भारतको दिल्ली गएर उहाँ फर्कनु भएको थियो । आफै चिकित्सा क्षत्रको व्यक्ति भएकाले व्यवस्थित होम क्वारेनटाइनमा वसेपनि परिवारका सवैको स्वाव संकलन गरी परीक्षण गर्न घर शिल गरिएको हो ।




अहिले स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल सहितको स्वास्थ्यकर्मीको टोली, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापा सहित घरमा पुग्नुभएको छ । उहाँहरुलाई घरभित्र रहन आग्रह गरिएको छ । सक्रमित पुरुषलाई रजहर स्थित आइसोलेसनमा लगिएको छ ।




सम्बन्धित
Loading...