चितवनमा थपिए २ जनामा कोरोना संक्रमित ,संक्रमितको संख्या ५७ पुग्यो


आज चितवनमा थप दुई जनाको कोरोना संक्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना संक्रमितको संख्या ५७ पुगेको हो ।   भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको हो । राप्ती नगरपालिका ५ का ४० बर्षिय पुरुष र भरतपुर महानगरपालिका १३ का २७ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।




प्रयोगशालामा शुक्रबार १ सय ९ वटा नमूना परीक्षण गरिएकोमा १ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमा थप  दुई जनाको कोरोना संक्रमण पुष्टि हो ।




सम्बन्धित
Loading...