राखेपका पूर्व सदस्यसचिव सिंहको निधन


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ।




सिंहको शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको उनका नाती सुशील मल्लले जानकारी दिए ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्यसचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिवको जिम्मेवारीमा थिए।




स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहकी श्रीमती, दुई छोरा र छोरी छन्।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेद्ना व्यक्त गरेका छन् ।




सम्बन्धित
Loading...