राती अबेर खाना खाँदा स्वास्थ्यमा कस्तो हानी गर्छ ?


राती खाना खानु स्वास्थ्यका हिसाबले त्यती अनुकुल मानिदैन । जब हामी राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।




अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहीबाट सुरु हुन्छ ।

जबकी रातको खाना चाडै र हल्का खाएमा अनावश्यक तौल बढ्दैन । वा तौल नियन्त्रण हुन्छ । गहिरो निद्रा लाग्छ । बिहान उठ्दा शरीर हल्का महसुष हुन्छ । पेट भारी हुँदैन । यसले मुटुमा पनि सकारात्मक प्रभाव पार्छ । फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ । पेट सम्बन्धीका समस्याहरु हट्छ ।




हामीलाई हेक्का हुँदैन कि खाना खाएको कति समयपछि सुत्ने ? हामीलाई त निद्रा लाग्नसाथ सुत्न जान्छौं । राती अबेर भरपेट खाना खाएपछि झ्याप्प निद्रा लाग्छ । यही मौकामा हामी ओछ्यानमा पल्टन्छौं ।

अब सोच्नुहोस् त भर्खरै खाएको खानेकुरा पेटमा कति बोझिलो भयो होला ? शरीर निस्त्रिय भएपछि ति खानेकुरा कसरी पच्छ होला ?

खाना खाएको कम्तिमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । दुई वा तीन घण्टाको ग्याप हुनुपर्छ खानपान र सुताईको । खाना खाएर केही क्षण टहलिने, बस्ने । त्यसपछि मात्र सुत्न जाने । यो पनि सुपाच्य भोजन गरेको अवस्थामा । भरपेट खाइसकेपछि त पचाउन गाह्रो हुन्छ ।

राती भरपेट खाने, खानसाथ ओछ्यानमा पल्टने बानीले हाम्रो पाचन यन्त्रलाई खराब बनाउँछ । जब पाचन यन्त्र खराब हुन्छ, स्वास्थ्यमा अरु किसिमको समस्या देखापर्न थाल्छ ।

उचित खानपान तालिका अनुसार राती अबेर खाना खानु उपयुक्त हुँदैन । जतिसक्दो चाडो खाना खानुपर्छ । के भनाई छ भने, सूर्योअस्त पछिको खानेकुरा विष समान हुन्छ । अर्थात सूर्योअस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरीरका लागि आवश्यक हुँदैन । शरीरमा अनावश्यक खानेकुरा पुग्छ । अनावश्यक खानेकुरा पुग्नु भनेको शरीरलाई डस्बिन जस्तै बनाउनु हो । जब हामी आफ्नो पेटलाई डस्बिन बनाउँछौं भने शरीर कसरी निरोगी हुन्छ ।

त्यसैले संभव भएसम्म चाडै खाना खानुपर्छ । साँझ सूर्योअस्तअघि नै खाना खानु उत्तम । कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन । औषधी सेवन गरिरहेको अवस्थामा, रोग लागेको अवस्थामा, कामको चाप भएको अवस्थामा, रात्रीकालिन काम गर्नुपर्ने अवस्थामा । त्यसैले आफ्नो अनुकुलता पनि हेर्नुपर्छ । यद्यपी राती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो ।

एउटा प्रशिद्ध उखान छ, बिहानको खाना आफु खानु, दिउँसोको साथीसँग बाँडेर खानु, रातको खाना सत्रुलाई दिनु ।

यसको अर्थ बिहानको खाना जति सेवन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ । सकेसम्म रातको खाना कम खाएकै वेश हुन्छ ।

बिहान भरपेट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ । त्यसपछि क्रमस खानेकुराको मात्रा घटाउनुपर्छ । रातीको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ ।




सम्बन्धित
Loading...