ठूलो मान्छे..

134




  -सन्तोष कार्की माैसुफ हङकङ

ओ पानीपुरी वाला भाइ… तिमिलाई केहिदिन देखि देखिरहेको छु यहाँ दिनहु पानीपुरिको ठेला राखेको ।

स्कुल किन जाँदैनौं …

रानाभाट सर ले नारायणघाट बिरेन्द्र क्याम्पस चोक अगाडि ठेला लगाउने १५-१६ बर्षको केटोलाई भने…

मेरो अवस्था नै यस्तै छ अंकल …

म एउटा संस्था चलाउछु .. त्यहा गरिव बच्चाहरू को लागि पढाइ हुन्छ .. तिमी पनि आउन सक्छौं… ।

अंकल म पढ्न आएभने यो मेरो ठेला कस्ले समाल्छ.. मेरो घर कसरी चल्छ….

किन तिम्रो आमा बुबा छैनन् र…

हुनुहुन्छ अंकल , दाइ हुनुहुन्छ दिदी हुनुहुन्छ तर घरको जिम्मेवारी मेरो काँधमा छ । त्यसैले मैले पढे लेखेर के गर्नु …

पढेर तिमी ठूलो मान्छे बन्न सक्छौं ….

केटो ठूलो ठूलो स्वरमा हाँस्न थाल्छ..

अंकल ठूलो मान्छे त्यो सुटबुट लगाउनेहरु… जो आफ्नो गरिब आमा बुबालाई छाडेर आफू अन्जान बन्छन् ।

सुन्नुहोस् अंकल .. मेरो बुबा यहीँ अगाडि प्राइभेट बोर्डिङ मा पिएन को काम गर्नुहुन्थ्यो । थोरै तलब थियो , हामी दुई भाइ एक बहिनी छौँ । बुबाले धेरै मिहेनत ले दाइ र दिदिलाई पढाउनुभयो । दाजु इन्डिया ब्याङ्लोर M.D गरेर यहीँ चितवन मेडिकल कलेजमा पढाउनु हुन्थ्यो । पछि आफु ले रोजेको केटि सँग बिबाह भयो र श्रीमती साथ लिएर बेलायत गए । आमा बुबालाई हराम बिराम मा पैसा त के गएदेखी एक पटक फ़ोन सम्म गरेको छैन ।

दिदी यहीँ नजिकैको प्राइभेट बोर्डिङ स्कुलको principal हुनुहुन्छ । दिदिले उसको श्रीमानलाई कुनै बेलाको बोर्डिङ स्कुलको पिएन बुबालाई अनपढ आमालाई र सिर्फ ६ कक्षा पास भाइलाई गरिव लाग्छ कहिल्यै भेटघाट गर्न आउदिनन । उनिहरु जो ठुलो शिक्षा पढे लेखेकाहरु हामिलाई अनपढ गवार सम्झन्छन् । अहिले बुबाको काम छैन … आमा बिरामी भैरहनुहुन्छ .. म घर चलाउ कि पढु… यसैपनि अंकल .. “मान्छे बिचारले ठूलो हुन्छ , डिग्री को सठिपिकेट ले हैन।

” म त एउटा नै पढाई जान्दछु – जुन आमा बुबाले कष्ट सहेर हाम्रो पालन पोषण गर्नुभयो … उहाँ हरुलाई सुख दिन सकु तब आफुलाई ठूलो मान्छे ठान्छु … । चाहे दुख कष्ट किन सहन नपरोस् । आउनुहोस् अंकल पानीपुरी खानुहोस् .. केही कमाई त हुन्छ ।।

You might also like
Loading...