कावासोतीको दुर्घटनामा एक जना गम्भीर घाइते

349




कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ स्थित पूर्व पश्चिम लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.२–०३–००७ प १९८९ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टदा एक जना घाइते भएका हुन् ।
दुर्घटनामा परी पर्साको पटेर्वासुगौली गाउँपालिका २ निवासी ३० बषीृय रियाज खाँन गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

You might also like
Loading...