जबर्जस्ती करणी अभियोगमा चितवनका युवालाइ १८ वर्ष कैद फैसला

123




दश वर्षकी बालिका बलात्कार गर्ने चितवनका एक युवकलाइ जिल्ला अदालत चितवनले १८ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले चितवन रत्ननगर नगरपालिका वडा नम्बर १३, सिद्धिविनायक टोलका २७ वर्षका युवा अजय कट्टेललाइ बलात्कार अभियोगमा दोषी ठहर गर्दै कैद र जरिवाना तिराउने फैसला गरेको हो ।

अदालत स्रोतका अनुसार पिडक कट्टेलले आफ्नै घरमा ट्यूसन पढ्न आएकी १० बर्षकी बालीकालाई गत मंसीर १६ गते जबरजस्ति करणी गरेको जनाइएको छ । स्रोतका अनुसार न्यायाधीश रावलको इजलाशले १८ वर्ष कैद र पिडित बालिकालाई एकलाख रुपैया क्षतिपुर्ती भराउने फैसला गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा र अदालतमा समेत बलात्कार गरेको बयान दिएको र पीडित बालिकाले पनि जबर्जस्ती करणी गरेकोे बकपत्र अदालतमा गरेको फैसलामा उल्लेख गरिएको छ ।

बालिकाको स्वास्थ परिक्षणमा समेत बलात्कार गरेको प्रमाणित भएपछि कैद सजाय गरिएको फैसलामा उल्लेख छ ।

You might also like
Loading...