नेपालमै भेटियाे २० राेपनी जग्गामा फैलिएकाे विशाल भीमकाय समीकाे रूख


गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेल याङदीका स्थानीयवासीहरु अहिले करिब ५ सय वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्वीक सम्पदाले भरिपूर्ण एसियाकै सबैभन्दा ठुलो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा जुटेका छन् । आफ्ना बाजे बराजुको पालादेखि अहिलेसम्म दिनप्रतिदिन रुखको हाँगा बढेर थप झयाङगीएर विसाल बन्दै गरेको गण्डकी प्रदेशको गोर्खास्थित गण्डकी गाउँपालिका–३ फुजेल याङदीको यस समिको रुखले अहिले करिब २० रोपनी क्षेत्रफलको भूभाग ओगटेको छ ।




अझै थप हाँगा फैलिएर यस रुखले वरीपरिका व्यत्तिगत जग्गा समेत ढाक्न पुगेको छ । आगामी दिनमा यस रुख फैलिएर ढाकेको अन्य निजी जग्गाहरुलाई पनि विस्तारै अधिग्रणगरि संरक्षण गर्दै जानुपर्ने अवस्था आएको त्यहाँका स्थानीयवासीहरुको भनाई छ । उनीहरुले अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा संरक्षण हुँदै आएको यस समिको रुख र नजिकैको सत्यदेवीमाईको मन्दीरलाई थप व्यवस्थित र संरक्षण गर्नकालागि गण्डकी गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएकाले केही सहज भएको बताएका छन ।




त्यहाँका स्थानीय समाजसेवी एवं समिको रुख संरक्षण समितिका अध्यक्ष सुनविर श्रेष्ठले गण्डकी गाउँपालिकाबाट प्राप्त सो बजेटले समिको रुख र मन्दिरलाई व्यवस्थित रुपले संरक्षण गर्न ग्याबिन जालि बनाउने, रिटेनिङवाल निर्माण र सिँडी निर्माणको काम सम्पन्न गरेको जानकारी दिए । केही भिरालो जमिलनाई समतल र फराकिलो बनाई सम्भावित पहिरो एवं भूक्षयबाट बचाउनकालागि यस्तो काम गरिएको बताउँदै समितिका अध्यक्ष श्रेष्ठले भने, ‘हामीले अब यस ठाउँलाई मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाउने लक्ष्य लिएका छौं’।

उनले धार्मिक एवं पर्यटकीय स्थलको प्रचुर सम्भावनाले भरिएको यस ऐतिहासिक ठाउँलाई थप व्यवस्थित बनाउन अहिले यहाँका स्थानीयवासी, सम्बन्धीत स्थानीय निकाए एवं गाउँपालिकाको सामुहिक प्रयासमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारपारि पूर्ण रुपमा सम्वद्र्धन गर्नु सम्पूर्ण निकाएको ध्यानाकर्षण हुनुपर्ने माग गरिएको बताए । उनले अहिले यहाँका सबै स्थानीयको चाहना पनि यस्तै भएकाले अब प्रदेश र केन्द्रिय सरकारले पनि थप सहयोग गरिदिदिन्छ भन्नेमा आफुहरु आशावादी रहेको बताए ।

सोही ठाउँका व्यवसायी तथा समाजसेवी राजाराम थापा र रामकुमार श्रेष्ठको संयोजकत्वमा अहिलेसम्म भएका पूर्वाधार निर्माणको काम सम्पन्न भएको हो । उनीहरुले यहाँका सम्पूर्ण स्थानीयवासीको साथ र सक्रिएताले नै अहिलेसम्म भएका संरचना निर्माणको काममा सफलता मिलेको बताए ।

करिब दुई हजार पाँचसय वर्ष पुरानो यस समिको रुख नजिकैको सत्यदेवीमाईको मन्दीरमा दर्शन गर्नाले चाहेको मनोकांक्षा पुरा स्थानीयवासीको कथन छ । यहाँको मन्दिर स्थापना गर्नुअघि गाउँको एक सातवर्षकी बालिकाले देउता भट्टाएपछि स्थानीयले मन्दिर बनाएको उनीहरुको भनाई छ । तत्कालिन गोर्खाका राजा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले पनि बाइसे चौविसे राज्यलाई एकिकरण गर्ने क्रममा यही समिको रुखमा आएर बेलाबेलामा सितल ताप्ने गर्दथे भन्ने यहाँका स्थानीयवासीहरुको कथन छ । त्यसबेला पनि पृथ्वीनारायण शाहले यही ठाउँमा आएर आफुले इच्छाएको काम पुरा होस भन्ने कामना गर्दथे भन्ने जानाकारहरुले सुनाउँदै आएका छन् ।

गण्डकी गाउँपालिकाले दिएको बजेटबाट अहिलेको निर्माणका काम सम्पन्न हुनु अघिसम्म यस रुख र मन्दीरलाई स्थानीय पारिजात महिला/आमा समुहले संरक्षण गर्दै आइरहेका थिए । अब यस ठाउँलाई मुलुककै नमुना धार्मिक पर्यटकीय हब बनाई विश्वमाझ चिनाउन यहाँका स्थानीयवासीले गरिरहेको प्रयासमा प्रदेश र केन्दीय सरकारबाट थप आर्थिक सहयोग भइदिएको खण्डमा धेरै राम्रो हुने अधिकाँशको भनाई छ । उनीहरुले अब यस ठाउँलाई गण्डकी प्रदेशले पनि विशेष महत्वका रुपमा हेरिदिनुपर्ने माग गर्दै आएका छन ।

– rajdhanidaily.con




सम्बन्धित
Loading...