ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

73




गुल्मी । ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा मा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा भएको ट्याक्टर दुर्घटनामा वेपत्ता गुल्मीदरबार गाउँपालिका–६ का अन्दाजी १३ वर्षीय विकास परियारको शव भेटिएको हो ।

सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खस्दाँ परियार वेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शव खोलाभित्र टयाक्टरको चक्कामुनि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते टयाक्टरका चालक रेसुङ्गा नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु भने पाल्पामा उपचाररत छन।

You might also like
Loading...