शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण


कैलाली : शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। दाङमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण देखिएको हो।




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको कोरोना परीक्षणमा सोमबार दाङका ५८ जनामा संक्रमण पुष्टि भएको थियो।


तीमध्ये रिपूमर्दन गणमा कार्यरत नेपाली सेनाका दुई जनामा संक्रमण पुष्टि भएको हो। उनीहरुले भारतमा मृत्यु भएका एक व्यक्तिको शव घोराही ल्याएर व्यवस्थापन गरेका थिए।




सम्बन्धित
Loading...