चोरमारामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु , एक घाइते

193




चोरमारा । पूर्वि नवलपरामीको मध्यबिन्दु नगरपालीका गएराति सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मध्यबिन्दु ७ चोरमाराको भित्रि सडकखण्डमा उत्तरबाट दक्षीणतर्फ गइरहेको लु ३ त ६६६५ न को टयाक्टरले सोहि दिशातर्फ गइरहेको लु ११ प ८२ २७ न को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम नबलपरासी सुस्ता गाउपालीका वार्ड न १ बस्ने बर्ष २० का संजय ठाकुर रहेको इलाका प्रहरी कार्यालय तमसरीयाका प्रमुख प्रेम बाहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाले दिएको जानकारी अनुसार मोटरसाइकलमा सवार प्रतापुर गाउपालीका वार्ड न ९ बस्ने बर्ष १७ को सागर थारु गम्भीर घाइते भएका हुन् । टयाक्टर सङ ठोक्किदा घाइते भएका दुबैको चितबन पुरानो मेडीकल कलेजमा उपचार भइरहेकोमा चालक ठाकुरको उपचारको क्रममा गएराती नै मृत्यु भएको र अर्का घाइतेको उपचार भइरहेको प्रहरी प्रमुख बिष्टले जानकारी दिनुभयो ।

टयाक्टर तम्सरीया प्रहरीको नियन्त्रणमा रहेको छ भने टयाक्टर चालक फरार रहेको उहाँले जानकारी दिनुभएको हो ।

You might also like
Loading...