भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि मलाइका खुशी !

56




टिकटकसहित ५९ वटा चिनियाँ एपलाई भारतमा प्रतिबन्ध लगाइएपछि बलिउड नायिका मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा प्रतिक्रिया जनाउँदै आफूलाई खुशी लागेको बताएकी छिन् । ‘आखिरमा अब हामीलाई हाँसोलाग्दा भिडियो हेर्नुपर्ने छैन’ उनले लेखेकी छिन्

मलाइका सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गर्छिन् ।

टिकटकमाथि प्रतिबन्ध लाग्दा अन्य केही सेलिब्रेटीले खुशी व्यक्त गरेका छन् । टिकटक स्टार्स भने दुःखी छन् ।

चीन र भारतबीच केही समययता सम्बन्ध बिग्रेको छ । भारतीयहरुले भारतमा चिनियाँ सामान बहिष्कार गर्ने अभियान चलाएका छन् ।

भारतले ५९ वटा एपमा प्रतिबन्ध लगाएपछि चीनले पनि केही भारतीय साइट र समाचार संस्थामा प्रतिबन्ध लगाएको बताएको छ ।

You might also like
Loading...