राष्ट्रहितविपरीत भएको भन्दै एमसिसी खारेजीको माग

74




अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी देशको हितविपरीत भएको भन्दै देशका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूले खारेजीकाे माग गरेका छन् ।

विभिन्न क्षेत्रमा क्रियाशील दुई सय २५ जनाले बुधबार विज्ञप्ति निकालेर एमसिसी पारित गर्न नहुने जनाएका हुन् ।

उनीहरूले एमसिसी राष्ट्रिय हितविपरीत र सुरक्षाविपरीत भएकाले खारेजी गर्न माग गरेका छन् ।

विज्ञप्तिमा एमसिसी राष्ट्रघाती परियोजना संसदबाट पारित गर्न जोडबल गरिएको भन्दै यस विषय संसदबाट पारित गर्न नहुने माग गरिएको छ ।

उनीहरूले यदि एमसिसी पारित भएमा नेपालले इराक, अफगानिस्तानजस्ता देशले भोगेकोजस्तो दुर्दशा भोग्नुपर्ने जनाएका छन् ।

विज्ञप्ति बोर्णबहादुर कार्की, लोककृष्ण भट्टराई, डा. मथुराप्रसाद श्रेष्ठ, स्वनाम साथी, डा. भरत प्रधान, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, सीताराम तामाङसहित दुई सय २५ जनाले निकालेका हुन् ।

You might also like
Loading...