चितवनका ६५ साना सिँचाइका काम सम्पन्न


चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् ।




१ सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ ।

एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो ।




सञ्चालन भएका योजनामध्ये ६५ सिँचाइका कार्यक्रम सम्पन्न भइसकेको र बाँकी सम्पन्न हुने चरणमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा धान जोनअन्तर्गत ७५, तरकारी जोनमा ४०, केरा जोनमा १५ र परियोजनाअन्तर्गत पाँचवटा सिँचाइका कार्यक्रम सञ्चालन भएका छन् ।

कार्यक्रम सम्पन्न भएसँगै ५ सय ४० बिघामा सिँचाइ हुने अपेक्षा गरिएको छ । एउटा स्यालो ट्युबवेलले ४ बिघासम्म सिँचाइ गर्न सकिने उनले बताए ।

साना सिँचाइ कार्यक्रम सञ्चालनका लागि कार्यालयले चालु आर्थिक वर्ष १ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये सबैभन्दा धेरै तरकारी जोनले ६० लाख बजेट विनियोजना गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

त्यस्तै, केरा जोनअन्तर्गत ४५ लाख, धान जोनअन्तर्गत ३० लाख र परियोजनाअन्तर्गत ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित साना सिँचाइ कार्यक्रममा ५० प्रतिशत उपभोक्तको लगानी रहेको छ ।

यस कार्यक्रमअन्तर्गत माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाबाहेक जिल्लाका सबै तहमा साना सिँचाइका कार्यक्रम सञ्चालित छन् । रासस




सम्बन्धित
Loading...